बुटवल – अविलर बर्षासँगै आएको बाढीले कपिलवस्तुस्थित नेपाल–भारत सीमा पिलर ढलाएको छ ।
जिल्लाको विजयनगर गाउँपालिका–५ ठाकुरपुरा नजिकै नेपाल भारत सिमानामा रहेको पिलर नम्वर ५७८/७ र ५७८/१० नम्वर गरी दुई वटा पिलर तिरहीखोलाको बाढीले ढलाएको हो ।
उक्त खोलालाई भारतिय नागरिकले भने गिदुवाघाट भन्ने गरेको कपिलवस्तुका प्रहरी प्रबक्ता डिएसपी देबेन्द्र पाण्डेले बताए । डिएसपी पाण्डेले भने,‘हिउँदमा उक्त खोला सुख्खा हुन्छ बर्षाममा भेल आउने गर्छ र ती दुई वटा सीमा पिलर ढलाएको छ' ।
प्रतिक्रिया