संयोजक महरको आग्रह: राहत तथा उद्धार कार्यमा सबै जुट्नुस्

७ बर्ष अगाडि

काठमाडौँ – अनेरास्ववियूका संयोजक ऐन महरले प्राकृतिक प्रकोपवाट सृजित यस राष्ट्रिय विपत्तिमा राहत तथा उद्धार कार्यमा जुट्न सबैलाई आग्रह गरेका छन् । 

महरले आज एक विज्ञप्ति जारी गर्दे अनेरास्ववियूका सवै तहका कमिटीका नेता, कार्यकर्ता , समर्थक र शुभचिन्तकहरुलाई समेत राहत तथा उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन् । 

महरले आज एक विज्ञप्ति जारी गर्दे भनेका छन्,विशेषगरी तराई मधेस क्षेत्रमा आएको वाढी र पहाडी क्षेत्रमा गएको पहिरोका कारण ज्यान गुमाउनेहरुको संख्या अहिलेसम्म झण्डै चार दर्जनको पुग्न लागेको  छ । कयौं अझै वेपत्ता छन् , सयौं घाइते भएका छन् र हजारौं घरवारविहीन भएका छन् ।  यस कहालीलाग्दो प्राकृतिक विपत्तिमा परेर आफ्नो जीवन गुमाउने  सवैप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछौं। साथै सवै  घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।

महरले कोशी ब्यारेजका ५६ वटै ढोका खोल्ने लगायतका सरकारका कदम स्वागतयोग्य रहेको बताएका छन् । 

यस्तो छ विज्ञप्ति

प्रेस विज्ञप्ति राहत र उद्धारमा सवै जुटौं केही दिनदेखि जारी अविरल वर्षाले गर्दा मुलुकका विभिन्न भागमा आएको वाढी , पहिरो र डुवानका कारण धनजनको ठुलो क्षति भइरहेको खबरले हामी सवैलाई अत्यन्तै दु:खी तुल्याएको छ । विशेषगरी तराई मधेस क्षेत्रमा आएको वाढी र पहाडी क्षेत्रमा गएको पहिरोका कारण ज्यान गुमाउनेहरुको संख्या अहिलेसम्म झण्डै चार दर्जनको पुग्न लागेको छ । कयौं अझै वेपत्ता छन् , सयौं घाइते भएका छन् र हजारौं घरवारविहीन भएका छन् ।

यस कहालीलाग्दो प्राकृतिक विपत्तिमा परेर आफ्नो जीवन गुमाउने सवैप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछौं। साथै सवै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। प्राकृतिक प्रकोपवाट सृजित यस राष्ट्रिय विपत्तिमा राहत तथा उद्धार कार्यमा जुट्न अनेरास्ववियूका सवै तहका कमिटीका नेता, कार्यकर्ता , समर्थक र शुभचिन्तकहरुलाई निर्देशन गरिन्छ । विपदको यस घडीमा संघीय सरकार , प्रदेश सरकार र स्थानीय सरकारलाई कुनै कसर वांकी नराखीकन एकीकृत रुपमा प्रभावकारी ढंगले राहत तथा उद्धार कार्यमा जुट्न अपिल गर्दछौं । यस सन्दर्भमा तत्काल राहत तथा उद्धारमा जुट्दै कोशी ब्यारेजका ५६ वटै ढोका खोल्ने लगायतका सरकारका कदम स्वागतयोग्य छन् ।

यसैगरी तराईको सिमा क्षेत्रका कयौं ठाउँमा भारतीय पक्षले एकतर्फी रुपमा वनाएका वांधका कारण पनि वर्षेनी कयौं भुभाग डुवानमा पर्ने गरेको तथ्यलाई दृष्टिगत गरी कुटनैतिक पहलकदमी मार्फत समस्याको स्थायी समाधान खोज्न समेत सरकार समक्ष माग गर्दछौं। यस प्रकोपबाट ज्यान गुमाउने परिवारलाई रु ५ लाख , घरवारविहीन हुने परिवारलाई रु १ लाख र घाइतेहरुको निशुल्क उपचारको प्रवन्ध गर्न सरकार समक्ष जोडदार माग गर्दछौं । साथै यस राष्ट्रिय विपत्तिको सामना गर्दै पिडितको उद्धार तथा राहत कार्यमा जुट्न समाजमा सवै तह, तप्का र क्षेत्रका आम जनसमुदायहरुमा हार्दिक अपिल गर्दछौं।

२९ असार ,२०७६

ऐन महर संयोजक अनेरास्ववियू


 

७ बर्ष अगाडि

प्रतिक्रिया