पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गयो

७ बर्ष अगाडि

भोजपुर। अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिदाँ एकै परिवारका ३ जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङमा स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको हो । 

घरमा बसिरहेका राईका श्रीमती, दुई छोरालाई शनिबार विहान करिब पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरो पुरिएपछि उनीहरु मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्सपेक्टर पाण्डव राजवंशीले जानकारी दिए । 

राई भने केहि घरायसी कामले गाउँ निस्केका बेला पहिरोले श्रीमती र छोराहरुलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ ।

स्थानीय गाउँबासीले मृतक शव निकाल्न नसकेपछि जेसिबी लगिँदै गरेको प्रहरीले जनाएको छ । राईको घर भिरालो जमिनमा भएको बताईएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया