निरन्तरको वर्षाले रौतहट डुवानमा परेको छ । सदरमुकाम गौरमा १० फिटभन्दा बढी पानी जमेको छ भने सबै सरकारी कार्यालयका साथै सर्वसाधारणका घर डुवानमा परेका छन् । बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।
सुरक्षाकर्मीका ब्यारेक र कार्यालय नै डुबानमा परेपछि उद्धारमा कठिनाई भएको छ । सुरक्षाकर्मी आफै उद्धारको पर्खाइमा छन् ।
बाग्मती र लाल बकैया नदीमा पानी सतह बढेपछि रौतहट डुवानमा परेको हो । बाढीका कारण दर्जनौं परिवार विस्थापित भएका छन् ।
प्रतिक्रिया