डुब्न थाल्यो भक्तपुर,उच्च सतर्क रहन आग्रह

७ बर्ष अगाडि

फाइल फोटो भक्तपुर –  हनुमन्ते खोलाको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ। 

अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो।

हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टले हनुमन्तेमा बाढी बढेकाले नदी आसपासका बासिन्दालई उच्च सतर्कतामा रहन आग्रह गरेको बताए। 

७ बर्ष अगाडि

प्रतिक्रिया