काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा क्षेत्रमा दुईदेशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको बताएका छन् ।
ओलीले बाढीसँगै उद्दारका लागि तदारुकतासाथ सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनले ट्वीट गर्दे बहाव खुलाउने काम भइरहेको जानकारी दिएका हुन् ।
उनले ट्वीटमा लेखेका छन्, बाढीसँगै उद्दारका लागि तदारुकतासाथ सुरक्षाकर्मी परिचालन गरिएको छ र पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय छन् । सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुईदेशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको छ ।
हिजोदेखिको अविरल वर्षाका कारण आएको बाढीमा परी ६ जनाको ज्यान गुमेको छ भने ७ जना बेपत्ता हुनु भएको छ । बाढीले ४०० घरमा क्षति पुर्याएको छ । प्रकोपप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
प्रतिक्रिया