मोदीजी, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो विषय थाहा पाए के हुन्छ ?

७ बर्ष अगाडि

काठमाडौँ – पब्लिक इनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले भारतले तरकारी परीक्षणमा रोक लगाएको कुरा अन्तराष्ट्रिय सच्चारमाध्यमले थाहा पाएमा पहाड बनाइदिने बताएका छन् । 

कँडेलले काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्,‘हेर्नुहोस, मोदीजी जब नेपालमा रहेको तपाईको भारतीय दुतावासले विषादी परीक्षण नगर्नको लागि दबाब दिन्छ, यो त लाजको विषय हो । तपाईलाई पनि थाहै भएको कुरा हो यदि यो कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले थाहा पाए भने (हुन त अहिले यो कुरा भारत र नेपालबीच मात्रै छ) तिललाई पहाड बनाईदिन्छन्।’

कँडेलले तरकारीमा हुने विषादी दुवै देशका सरकारले तुरुन्त हटाउनुपर्ने माग गरे । उनले भने,‘तरकारीमा हुने विषादीलाई हटाएर दुवै देशका नागरिक र नेपाल आउने पर्यटकको स्वास्थ्यप्रति जिम्मेवारी बन्न आग्रह गर्दछु ।’ नेपालले भिजिट नेपाल २०२० भव्य रुपमा सफल बनाउन गैरहेको अवस्थामा विषादीरहित तरकारीको वातावरण बनाउनुपर्नेमा उनको जोड थियो ।

उनले आफू आर्थिक कुटनीतिको क्षेत्रमा कार्यरत व्यक्ति भएको सुनाउँदै यदि नेपाल र भारत दुवै देशका सरकारले सहयोग गरे एक महिनाभित्र दुवै देशलाई विषादी परीक्षण गर्ने यन्त्र उपलब्ध गराउने पनि प्रतिबद्धता व्यक्त गरे ।

७ बर्ष अगाडि

प्रतिक्रिया