त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तत्कालका लागी  अवरूद्ध

७ बर्ष अगाडि

काठमाडौं – नेपालगन्जबाट यात्रुृ लिएर काठमाडौं आएको यति एयरलाइन्सको जहाज अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।

यति एयरलाइलाइन्सको एीटआर ७२ विमान आज विहान अवतरणको क्रममा चिप्लिएको विमानस्थलले जनाएको छ ।

सो विमान चिप्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण समेत रोकिएको छ ।

विमानमा रहेका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ । वर्षा भइरहेकाले विमानस्थल सञ्चालनमा ल्याउन केही समय लाग्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया