मनसुनले नौ विमानस्थल बन्द, यात्रु अलपत्र

७ बर्ष अगाडि

काठमाडौं – लगातारको वर्षातको कारण देशभरका ९  विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार  लुक्ला, भोजपुर, तुम्लिङटार, फाप्लु, लामिडाँडा, जनकपुर र चन्द्रगढी विमानस्थलमा पूर्णरुपमा उडान बन्द भएका छन् ।

विराटनगर विमानस्थल भने बिहान बन्द भएपनि हाल सञ्चालनमा आएको छ । हाल सञ्चालनमा रहेका विमानस्थलहरुमा भने सिमरा, पोखरा, भैरहवा र नेपालगञ्ज रहेका छन् ।वर्षातले आन्तरिक उडानमा बिहीबार साँझबाटै हिमाली क्षेत्रमा प्रभाव पारेको थियो भने शुक्रबार बिहानबाट तराईका जिल्लामासमेत प्रभावित भएको हो ।

अन्तराष्ट्रिय उडानमा भने केही समस्या नरहेको पाइएको  छ । वर्षातको कारण विमानस्थल बन्द भएपछि आन्तरिक यात्रुहरु अलपत्र परेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया