७ घन्टादेखि अबरुद्ध बि.पि.राजमार्ग अझै खुल्न सकेन

७ बर्ष अगाडि

फाइल फोटो सिन्धुली – निरन्तर पानी परेर ठाँउ ठाउँमा पहिरो गएपछी ७ घन्टा देखि अबरुद्ध बि.पि. राजमार्ग अझै खुल्न सकेको छैन । 

सिन्धुलीको गोलाङजोर गाउँपालिका ५ खनियाखर्क र सुनकोशी गाउँपालिका १ कमेरेफाँटमा माथी बाट पहिरो खस्दा अबरुद्ध भएको बि।पि राजमार्ग अझै खुल्न नसकेको हो  । त्यसैगरी सुनकोसी गाउँपालिकाकै ६ मा पर्ने कानढुंग्रेमा पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक सुचारु गर्न खोज्दा फेरि माटो बगेर आएकाले सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । 

पहिरो पन्छाउनका लागि विभिन्न ठाउँबाट डोजर मगाइएर निरन्तर प्रयास गरिए पनि माथी बाट सडकमा फेरि लेदो माटो झर्ने क्रम नरोकिएकाले सडक खुल्न नसकेको खुर्कोट प्रहरीले जनाएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया