यति एयरलाइन्सको विमान चिप्लिएपछि...

७ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान चिप्लिएको छ । विमान चिप्लिँदा तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

६६ जना यात्रु बोकेर नेपालगन्जबाट काठमाडौं आएको यति एयरको ७२ एटीआर जहाज अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड प्रमुख एसएसपी सन्दीप भण्डारीले जानकारी दिए ।

‘विमान चिप्लिँदा तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । घाइतेको अवस्था सामान्य छ,’ एसएसपी भण्डारीले भने ।

विमान चिप्लिएपछि अहिले उडान र अवतरण अवरुद्ध भएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया