गल्ती नदोहोरियोस् भन्दै धुर्मुुसले निकाले यस्तो विज्ञप्ति

७ बर्ष अगाडि

काठमाडौँ – धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल 'धुर्मुस'ले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्थगित निर्माण कार्यलाई सुचारु गर्ने बताएका छन् । 

धुर्मुसले एक विज्ञप्ति जारी गर्दे स्थगित निर्माण कार्य सुचारु गर्ने बताएका हुन् । उनले यसअघि डोजर लगाएर रङ्गशालाको बार भत्काएको कुरालाई समेत उठान गरेका छन् । उनले अब त्यस्ता गल्ती नदोहोरियोस भन्ने आफुले चाहेको बताएका छन् ।

उनले भनेका छन्,जे नहुनु थियो भयो । त्यस गल्तीलाई सच्याउन त नसकिएला तर नदोहोरियोस् भन्ने कामना गर्दछौं, हामीलाई विश्वास छ त्यस्तो वातावरण फेरि नदोहोरिनेमा चितवन जिल्लावासीहरु समेत सजग भई प्रतिवद्ध रहनुहुनेछ ।

यस्तो छ विज्ञप्ति 


 

७ बर्ष अगाडि

प्रतिक्रिया