भारतमा भवन भासिँदा तीन नेपालीसहित पाँच जनाको मृत्यु

७ बर्ष अगाडि

काठमाडौँ – भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीसहित पाँच जनाको ज्यान गएको छ। ज्यान गुमाउने नेपाली बैंगलोरस्थित शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने गरेका थिए।

मंगलबार राति २ बजे भवन भासिँदा बझाङको थलारा गाउँपालिका–२ बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको ज्यान गएको छ।

भवन भासिएपछि उनीहरुको १२ घण्टापछि शव निकालिएको थियो।

७ बर्ष अगाडि

प्रतिक्रिया