नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रदेश प्रहरीको प्रमुख बनाइने भएको छ । राज्य व्यवस्था समितिले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सरकारले अगाडि सारेकै प्रस्तावमा सहमति जुटेको हो । समिति सदस्य झपट रावलका अनुसार डीआईजीलाई प्रदेश प्रहरीको कमाण्डर बनाएर पठाउँदा त्यो पदको नाम के राख्ने भन्ने चाहिँ टुंगो लागेको छैन ।
काठमाण्डौ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रदेश प्रहरीको प्रमुख बनाइने भएको छ । राज्य व्यवस्था समितिले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सरकारले अगाडि सारेकै प्रस्तावमा सहमति जुटेको हो ।
समिति सदस्य झपट रावलका अनुसार डीआईजीलाई प्रदेश प्रहरीको कमाण्डर बनाएर पठाउँदा त्यो पदको नाम के राख्ने भन्ने चाहिँ टुंगो लागेको छैन । केहीले प्रदेश प्रहरी आयुक्त (पुसिल कमिसनर) भन्नुपर्ने प्रस्ताव राखेका छन् भने कतिपयले प्रदेश प्रहरी प्रमुख मात्र भन्न सुझाएका छन् ।
सात प्रदेशमा सात डीआईजीसहित ५५ हजार प्रहरी समायोजन भएर जानेछन् । संघमा २० हजार मात्र रहनेछन् । प्रदेश प्रहरीको प्रमुख भएर जाने डीआईजीसहित सबै प्रहरीले पोशाक र दज्र्यानी चिन्ह समेत प्रदेश प्रहरीकै लगाउनेछन् । प्रदेश प्रहरी प्रमुखको सरुवा संघले नै गर्ने विधेयकको व्यवस्थामा सहमति भएको छ । संघबाट प्रदेशमा जाने प्रहरीको संघमा आउने बाटो भने खुला रहनेछ । प्रदेशहरुले प्रहरी भर्ती गर्दै जाँदा ती पदहरु स्वतः संघमा आउनेछन् ।
बिधेयकका अन्य कतिपय दफामा भने सहमति हुन बाँकी रहेको जानकारी दिइएको छ । यसअघि पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्माले एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।
प्रतिक्रिया