मदन पुरस्कार गुठी द्वारा ७ उत्कृष्ट पुस्तकको सूची तयार

७ बर्ष अगाडि

काठमाडौँ – मदन पुरस्कार गुठीले यसवर्षको ७ उत्कृष्ट पुस्तकको सूची तयार पारेको छ ।  

कूल २५७ कृति मध्येबाट उत्कृष्ट ७ पुस्तक छानिएको गुठीले जनाएको छ । 

गुठीले संस्थाको विधान अनुसार ‘मदन पुरस्कार–२०७५’ प्रदान गर्न गठित विज्ञ समितिबाट सानु शर्माको एकादेशमा , बिन्दु शर्माको  ओक्‍कल दोक्‍कल पिपल पात, कुमार नगरकोटीको ज्ञ,  छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगेश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाश नामक पुस्तकलाई छनोट गरिएको अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

छानिएका यी सात पुस्तकहरू मध्ये एकलाई २०७५ सालको मदन पुरस्कार अर्पण गरिने छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया