छविराज ओझाले शिल्पाको कानको जाली नै फुटाईदिएपछी...

७ बर्ष अगाडि

काठमाडौँ – चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच खटपटको विषय बाहिरिएको छ । लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँतामा गोप्यरुपमा बिबाह भएको थियो । 
अहिले छविले पोखरेललाई आपसी विवादको क्रममा हातपात गर्दा कानको जाली नै फुटेको छ । श्रीमानले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन्दै पोखरेलले मंगलबार प्रहरीमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दर्ता गरेकी हुन् । 

हाल शिल्पा चलचित्र निर्माता तथा निर्देशक विकास रौनियारको घरमा रहेको बताइएको छ । यसबारे बुझ्न शिल्पालाई उनको नम्बरमा फोन गर्दा रौनियार पत्नी तथा निर्देशक सम्झना रौनियार उप्रेतीले फोन उठाइन् । उनले शिल्पाको कानको जाली फुटेको भन्दै बोल्न सक्ने अवस्था नरहेकाले आफूले फोन उठाएको बताइन् । 
ओझाको कुटपिटपछि शान्तिसुरक्षाको माग गर्दै शिल्पाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराएको जानकारी दिँदै थप प्रहरीमै बुझ्न आग्रह गरिन् । 

यस्तै काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले पनि शिल्पाले उजुरी दर्ता गरेको पुष्टि गरे । श्रीमानबाट असुरक्षा भएको भन्दै शान्ति सुरक्षा माग गर्दै शिल्पाले उजुरी दर्ता गराएको उनको भनाई छ।  
चलचित्र क्षेत्रका जानकारहरुका अनुसार शिल्पाले विकास रौनियारलाई तिहारको टिका लगाएर दाइ मान्दै आएकी छिन् । अहिले उनै दाइको घरमा शिल्पा संरक्षणमा रहेकी हुन् । यस विषयमा प्रतिक्रिया लिन निर्माता ओझालाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया