कञ्चनपुर – शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कन्चनपुरको भीमदत्त नगरपालिका-१७ माझगाउँस्थित महाकाली बाल विद्यालयमा अध्ययनरत माधव कलौनी रहेका छन् ।
कक्षा ९ मा अध्ययनरत उनको गएराति उपचारका क्रममा भारतको रामवर्ती अस्पतालमा मृत्यु भएको हो । कुटपिटबाट कलौनीको दायाँ खुट्टा भाँचिनुका साथै टाउको र छातीमासमेत गहिरो चोट लागेको थियो ।
बालकको मृत्युपछि प्रहरीले कुटपिटमा संलग्न भएको अभियोगमा सो विद्यालयका चार शिक्षकलाई आज विहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा विद्यालयका प्रिन्सिपल यशोदा जोशी, शिक्षकहरु लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्री रहेका छन् । उनीहरुमाथि गत १३ असारमा बालक कलौनीलाई कुटपिट गरेको अभियोग छ ।
प्रतिक्रिया