काठमाडौँ – अबको केहीदिन देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै नजिक हुने क्रम जारी नै रहेकाले दुई तीनदिन देशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाले जनाएको हो ।
केही स्थानमा भारी वर्षा हुने र एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ महाशाखाले सूचना निकालेर जानकारी गराएको हो । वर्षाका कारण हुने जोखिमबाट बच्न सचेतता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।
यसैबीच, महाशाखाले आगामी तीनदिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाले जारी गरेको सूचना अनुसार आज दिउँसो देशका अधिकांश भू भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशका अधिकांश भू भागमा सामान्य देखि पूर्ण बदली भइ वर्षा हुनेछ । देशका अधिकांश भू भागमा वर्षाको सम्भावना छ । देशको केहि स्थानमा रातिपनि भारी वर्षा हुनेछ ।
प्रतिक्रिया