काठमाडौं – छिमेकी देश भारतमा हालै सम्पन्न निर्वाचनमा भारतीय काँग्रेस आईले पानी समेत पिउन पाएन । संविधान अनुसार भारतको लोकसभामा काँग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यता समेत पाएन । राहुल गान्धीको करिष्मा समेत नचलेपछि भारतीय काँगेस इतिहासमा नै नराम्ररी पछारिएको छ ।
नेपालमा पनि नेपाली काँग्रेसको हालत करिब करिब त्यस्तै रहेको छ । काँग्रस भित्रको गुटबन्दी हेर्दा लाग्छ, त्यो पार्टी नभई गुटै गुटको एउटा महासंघ हो । नेपाली कांग्रेसका संस्थापन इतरका नेताहरु आन्तरिक रणनीति तय गने भन्दै दैनिक जसो नै छलफल गरिरहेका छन् । उनीहरु दपार्टी सभापति समेत रहेका शेरबहादुर देउवालाई कसरी साइजमा ल्याउने भन्नेमा नै केन्द्रीत रहेका छन् । नुवाकोटे काँग्रेस भनेर चिनिएका अर्जुननरसिंह केसीका भाई जगदिश्वनरसिंह केसीको निवास गोंगबुमा संस्थापनको विरोधमा रहेका नेताहरुको बैठक बसेको छ ।
पटक पटक केसीको घरमा बैठक बसेको छ । पार्टी विधानमा वरिष्ठ नेता नभएपनि मानका लागि मान भने जस्तै वरिष्ठको उपाधी पाएका रामचन्द्र पौडेलेको घरमा बैठक बस्दा बढी हल्ला खल्ला हुने भएकाले केसीको निवास छानिएको जानकारहरुको भनाइ छ । बैठकमा सहभागी एक काँग्रेस नेताका अनुसार बैठकमा महामन्त्री समेत रहेका विपी कोइराला पुत्र संशाक कोइरालाले देउवाले सबै सिध्याएपनि आफूहरुले केही गर्न नसकेको बताएका थिए ।
उनले सभापति र प्रधानमन्त्री केपी शर्मा ओली र सिंगो नेकपालाई पनि साइजमा ल्याउने हो भने हिन्दु राज्य, एकल राज्यको अवधारणा अगाडि बढाउनुपर्ने बताएका थिए । उनले धर्मनिरपेक्षताको फाइदा कम्युनिस्टले मात्रै लिएको भन्दै काँग्रेसले हिन्दु धर्मको एजेण्डालाई अगाडि लानुपर्ने बताएका थिए । कोइरालाको प्रस्तावलाई रामचन्द्र पौडेल, अर्जुननरसिंह केसीले पनि समर्थन जनाएका थिए यस्तै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि हिन्दु धर्मको एजेण्डा अगाडि लैजाने हो भने जनमत आफूहरुको पक्षमा आउने बताएका थिए । कम मात्रै बोलेका पौडेलले हिन्दु धर्म बटमलाइन बनाउने गरी महामन्त्रीका तर्फबाट आएको प्रस्ताव सही भएको बताएका थिए ।
कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, सुजाता कोइरालालगायतले पनि हिन्दु धर्मको एजेण्डालाई आत्मसात् गरे काँग्रेसलाई फाइदा हुने बताएका थिए । पछिल्ला दिनमा नियमित जसो हुने बैठकमा विगतमा राजनीतिक रुपमा निर्णय भएको र नेपालको परिवर्तको एउटा प्रक्रियामा सहभागी भइसकेको र स्रविधान प्रदत्त विषयलाई समेत उल्टयाउने गरी नेताहरु प्रस्तुत भएका छन् ।
काँग्रेसले असार २२ गते बस्ने केन्द्रीय समितिमा आफ्नो धारणा के बनाउने भन्ने बारे छलफल गर्न नियमित बैठक बोलाइएको जगदिश्वरनरसिंह केसीले बताए । सामान्य छलफल भएको उनले संष्ँिप्त प्रतिक्रिया दिए । केन्द्रीय समिति बैठक नजिकिँदै जाँदा देउवाइतर समूह फेरि एक ठाउँ देखिएका हुन् । काँग्रेसको कार्यशैली नसुध्रने हो भने भारतीय काँग्रेसको जस्तै हालत नेपालमा पनि हुने जानकारहरुको टिप्पणी छ ।
प्रतिक्रिया