ओली रक्षात्मक बन्दा पार्टीभित्र इश्वर पोखरेको यस्तो दादागिरी

७ बर्ष अगाडि

काठमाडौं – सरकारको काम कारवाही तथा पार्टी एकता प्रक्रियामा समेत जालझेल गर्दै आएका केपी शर्मा ओली पछिल्ला दिनमा केही रक्षात्मक जस्तो देखिएपनि उनले जालझेल भने जारी नै राखेको घटनाक्रमहरुले पुस्टि गरेको छ । 

पछिल्ला दिनमा उनले एकता प्रक्रियामा भाँजो हाल्नका लागि आफ्ना विश्वापात्र एवम् रक्षा मन्त्री समेत रहेका इश्वर पोखरेललाई अगाडि सारेका छन् । पोखरेलका पछिल्ला गतिविधिले पनि सोही कुराको संकेत गरेको छ । पार्टी एकताको क्रममा भएका सहमति तथा सहकार्यका बारेमा नेकपालाई जानकारी नभएको भन्दै पोखरेलले एकता विरोधी प्रतिक्रिया निरन्तर दिइरहेका छन् ।

उनले हालै मात्र सिन्धुलीमा आयोजित एक कार्यक्रममा समेत तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का शीर्ष नेतृत्व एवम पार्टी अध्यक्षका बीचमा भएको सहमति तथा सम्झौता मान्नु नपर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका छन् । ओलीको प्रवक्ता जसरी नै पोखरेल प्रस्तुत भएका छन् । पोखरेलको वरीपरी रहेका केही स्वनामधन्य नेताहरुले समेत निरन्तर एकता विरोधी अभिव्यक्ति सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिरहेका छन् । त्यसमा पूर्व पत्रकार समेत रहेका छन् । पार्टी एकताको नाममा राम्ररी तर मारेका, सधै शक्तिको नजिक रहेर नाम र दाम समेत कमाएका उनीहरु जसरी भएपनि एकता प्रक्रियालाई गिजोल्ने, भताभुङ्ग पार्ने योजनामा लागेको पाइएको छ । 

उनीहरु माओवादी केन्द्र पूर्व एमालेमा मिसिन आएको हो, उनीहरले गत निर्वाचनमा कम मत पाएका थिए, उनीहरुलाई उचित स्थान दिनु पर्दैन । उनीहरु  हाम्रा दास हुन् भने जसरी प्रस्तुत भएका छन् । पूर्व एमाले भित्रका ओली प्रवृत्ति र उनको फेरो समाएर अगाडि बढेका केही स्वार्थी समूहलाई एकता प्रक्रिया फिटिक्कै मन परेकै छैन । पूर्व माओवादी केन्द्रका नेताहरु भाग खोस्न खाए, उनीहरु काम लाग्दा छैनन्, उनीहरु राजनीतिक भन्दा पनि बढी अपराधिक हुन् भने जसरी प्रस्तुत गरिएको छ ।  

पोखरेलको मन्त्रालयमा कुनै काम छैन । कर्मचारी सरुवा बढुवा गराएर कुत उठाउने धन्दामा उनी लागेका छन् । गुटको नेता आफू हुने भोक पोखरेलमा छ । ओली गुटमा गतिला नेता नभएको भन्दै पोखरेलले हरेक दिन जसो सिंहदबारको रक्षा मन्त्रालयमा आफ्ना निकटस्थहरुलाई बोलाएर पूर्व माओवादी त्यसमा पनि विशेष गरी प्रचण्डलाई कसरी सिध्याउन सकिन्छ, उनका कमी कमजोरीमाथि कसरी प्रहार गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्ने गरेका छन् । 

पोखरेलको सचिवालयका रहेका एक कार्यकर्ताका अनुसार पोखरेलले माओवादीका नेता तथा कार्यकर्ता, जो हाल नेकपामा छन्, उनीहरुलाई साइजमा ल्याउने उपाय के हुन सक्छ भनेर दैनिक जसो नै होमवर्क दिने गरेका छन् । त्यस्मा हाल नेकपाका केन्द्रीय ससदस्य समेत रहेका एक नेता, उनका सहयोगी र केही अनलाइन चलाउने पत्रकार समेत सो प्रक्रियामा सहभागी छन् । पोखरेलले ठेक्का पट्टामा पनि उत्तिकै ध्यान दिएका छन् । उनले नेपाल प्रहरीमा विश्वराज पोखरेललाई प्रवक्ता र डिआइजी समेत बनाएका छन् । प्रहरी संयन्त्र परिचालन गरेर उठती धन्दा चलाउन पोखरेललाई डिआइजी बनाएको चर्चा रक्षा मन्त्रालय परिसरमा हुने गरेको छ । त्यसो  विश्वराज पोखरेल समेत  दिनभरी जसो नै रक्षामन्त्री पोखरेलको कार्यकक्ष आसपासमा नै हुने गरेका छन् ।

प्रहरी भित्रको सूचना जम्मा पार्ने, व्यापारी तथा व्यवसायीलाई धम्क्याएर पैसा उठाउन लगाउने काममा इश्वर पोखरेलले उनलाई परिचालन गरेको स्रोतको दावी छ । काठमाडौं प्रहरी प्रमुख हुँदा विश्वराजले इश्वरको निर्देशनमा अधिकाशं व्यापारी तथा व्यवसायीलाई धम्की दिएर उठती धन्दा चलाएका थिए । जानकारहरुका अनुसार विश्वराजले उठाएको मोटो रकमको ठूलो हिस्सा ईश्वर पोखरेल कहाँ पुग्ने गरेको थियो । सोही धन्दालाई अगाडि बढाउने ध्येयका साथ पछिल्ला दिनमा समेत रक्षामन्त्रीको हैसियत भूलेर  ईश्वर पोखरेले विश्वराजलाई परिचालन गरेका छन् ।

गृहमन्त्री, प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई समेत विश्वराजले अटेर गर्ने गरेका छन् । त्यसो  त उनै इश्वर पोखरलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई राजदूत बनाउने भन्दै राजीनामा दिन दबाव दिएको जानकार स्रोतको दावी छ । खनाललाई राजीनामा दिन बाध्य पारेर विश्वराजलाई प्रहरी प्रमुख बनाउने योजना समेत तय भएको छ । प्रहरी संगठन राम्रो बनाउन नसकेको, परिचालनमा समस्या रहेको, चेन अफ कमाण्ड नभएको जस्ता फतुर लगाएर खनाललाई राजीनामा गराउन दबाव दिइएको छ । विश्व्राजलाई जसरी भएपनि प्रहरी प्रमुख बनाउने भन्दै इश्वर पोखरेलले शक्ति केन्द्रलाई समेत परिचालन गरेको पाइएको छ । 

राजदूतको चास्नी देखाएर खनाललाई सेबोटेज गर्ने धन्दा सुरु भएपछि गृह मन्त्रालयमा समेत सो बारेमा चर्चा परिचर्चा सुरु भएको छ । विभागिय मन्त्रालय भन्दा बाहिर नै प्रहरी प्रमुखको विषयमा उपप्रधानमन्त्री स्तरमा नै साजिस सुरु भएपछि रक्षा र गृह मन्त्रालयको सम्बन्धमा समेत दरार पैदा भएको छ । एकले अर्कोको सूचना लिनका लागि कर्मचारी स्तरमा नै सुराकी परिचालन गरिएको छ । काम पाइनन् बुहारी, कुन्नी के को के गरे जस्तो भने जस्तै मन्त्रालयमा काम नभएपछि राजनीतिक रुपमा एकता प्रक्रिया भाँडन लागेका इश्वर पोखरेल प्रहरीको चेन अफ कमाण्ड समेत भत्काउन थालेका छन् । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई मधेश द्रूत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत स्वीकृत गर्न नदिएका पोखरेलले सेनाका अन्य ठेक्का पट्टामा समेत हस्तक्षेप गर्ने गरेका छन् । द्रूतमार्गमा लगानी हुने सरकारी कोषबाट रक्षा मन्त्रीले नै कमिसन खोजेपछि डिपिआर स्वीकृत हुन समय लागेको छ । 

कोरियाली कम्पनीले गत फागुनमा बुझाएको डिपिआर हालसम्म पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छैन । त्यसमा इश्वर पोखरेलले नै राष्ट्रिय हित विरुद्ध लागेका पाइएको छ । त्यो डिपिआर किन स्वकिृत गर्ने, देशले नधान्ने आयोजना किन बनाउने, त्यसमा मेरो हिस्सा के हुने जस्ता असाध्यै गैर राजनीतिक चिन्तन राखेर उनले डिपिआर रोकेका छन् । दोष जति भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघूवीर महासेठलाई लगाएर इश्वर पोखरेल पानीमाथिको ओभानो बनेको जानकारको भनाइ छ ।

आफू पूर्व एमालेको महासचिव समेत रहेको, मन्त्रिपरिषदमा प्रधानमन्त्री पछिको दोस्रो वरियतामा रहेका कारणले पनि मैले भनेको हुनुपर्छ भन्दै उनले हरेक  पटकको मन्त्रिपरिषद्को बैठकमा रडाको मात्रै झिक्ने गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए । पोखरेलको ज्यादती क्रमशः बढ्दै गएपनि प्रधानमन्त्री ओलीले कुनै अब्जेक्श्न नजनाएको बताइन्छ । तर नेपाली  उखानले भने जस्तै धेरै उम्लियो भने पोखिन्छ । इश्वर पोखरेल उम्लिदै गएभने उनलाई कोही कसैले पनि जोगाउन नसकिने नेकपाका नेता तथा कार्यकर्ताको विश्लेषण गरेको छ । 

त्यसो त पोखरेलले जिल्ला कमिटि चयनमा समेत केही जिल्लामा हस्तक्षेप गरेका छन् । उनले ओली समूह र विशेष गरी आफ्ना मान्छे नपरेको भन्दै ओलढुंगामा हस्तक्षेप गरेका छन् । त्यस्तै जनवर्गीय संगठनका नेता तथा कार्यकर्ता चयनमा समेत उनले हस्तक्षेप गरेका कारण जनवर्गीय संगठनको एकता भएपनि पदाधिकारी तथा अन्य सदस्य चयन हुन सकेको छैन । एकताको मर्म र भावना विपरित पूर्व एमाले समूहका मान्छे मात्रै समेट्न पोखरेलले दबाव दिएका कारण पदाधिकारी तथा अन्य सदस्य चयनमा समस्या परेको जानकारहरुको भनाइ छ ।

पार्टी राजनीतिमा खारिएका, पूर्व महासचिव समेत रहेका व्यक्ति नै तल्लो स्तरमा उत्रेर राजनीति माथि राजनीति गर्न थालेपछि नेकपाप्रति जनताको विश्वास समेत ट्ट्दै गएको छ । त्यसो  त ओली गुटका खास मान्छे भनेर चिनिएका प्रदेश नं ५ का मुख्ख्य मन्त्री शंकर पोखरेलले आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा समेत जनयुद्ध  र माओवादी आन्दोलनका बारेमा एक शब्द पनि नलेखेको भन्दै आलोचना बढेको छ । चौतर्फी आलोचना बढेको र सत्तापक्षका सांसदहरुले नै प्रदेशसभाको बैठक अवरुद्ध गर्ने स्थिती पैदा भएपछि शंकर पोखरेल प्रदेश सभाको बैठक रोकेर चीन भ्रमणमा गएका छन् । अधिकाशं पूर्व एमालेका नेता तथा कार्यकर्ता बोकेर शंकर पोखरेल चीन हिडेपछि प्रदेश नं ५ मा कुनै पनि सरकारी गतिविधि अगाडि बढ्न सकेको छैन । 

७ बर्ष अगाडि

प्रतिक्रिया