काठमाडौँ – विवादित बलिउडको इन्टरनेशनल इण्डिया फिल्म अवार्ड (आइफा) नेपालमा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटिसकेको छ ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार राष्ट्रिय स्वाधिनता र स्वतन्त्रतामा आँच आउने गरी अवार्ड नगर्न निर्देशन दिएको थियो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले अवार्ड आयोजना नहुने जानकारी दिए । ‘संसदीय समितिको निर्देशन आएपछि अवार्ड नेपालमा नगर्ने निस्कर्षमा पुगिएको छ’, जोशीले भने । पर्यटन प्रवद्र्धनका लागि भन्दै चर्तित र स्थापित भारतीय कलाकारहरुको सहभागिता हुने कार्यक्रम गर्ने सहमति बोर्डले गरेको थियो ।
सरकारले अवार्ड आयोजना गर्न १ अर्ब दिने भएपछि त्यसको चौतर्फी विरोध भएको थियो । समितिको मंलबारको बैठकमा अवार्ड गरिए नेपालको स्वाधिनता र अखण्डतामै प्रश्न उठ्ने भन्दै नेकपा सांसद अग्नि सापकोटा रोएका थिए ।
प्रतिक्रिया