पूर्वमन्त्री दिनानाथ शर्माको पिएसोको यस्तो धन्दा, गेष्टहाउसबाट पक्राउ

७ बर्ष अगाडि

कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट एक प्रहरी हवल्दारसहित ६ जना पक्राउ परेका छन् । 

सुकेधारको डाँफे रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट कस्तुरीको बिनासहित ६ जनालाई आइतबार साँझ ५ः३० बजे महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले पक्राउ गरेको हो । 


रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार उक्त घटनामा आइतबार साँझ एक प्रहरीसहित ६ जनालाई पक्राउ गरिएको पुष्टि गरे । 

पक्राउ पर्नेमा प्रहरी हबल्दार बमबहादुर चन्द, नवराज बस्नेत। सुनील बिष्ट र गेष्ट हाउसका ३ कर्मचारी रहेको एसएसपी ज्ञवालीले जानकारी दिए । 

पक्राउ परेका हवल्दार चन्द पूर्वशिक्षामन्त्री दिनानाथ शर्माको पिएसो रहेको एसएसपी ज्ञवालीले पुष्टि समेत गरे ।

७ बर्ष अगाडि

प्रतिक्रिया