रामकुमारी झाँक्रीले विष्णु रिमालमाथि...

७ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकार विरुद्ध बोल्नेमाथि नयाँ शब्दको निर्माण गरेका छन् । 

रिमालले सरकारविरुद्ध बोल्नेलाई छौंडाको उपमा दिएपछी उनको  चौतर्फी विरोध भएको छ । रिमालले सरकारविरुद्ध बोल्नेलाई छौंडाको उपमा दिएर ट्वीटरमा लेखेका छन् । 

सामाजिक सञ्जाल प्रयोगकर्ता आइतबार दिनभर रिमालविरुद्ध उत्रिए । अझै त्यसको विरोध हुन छाडेको छैन । स्पष्ट उल्लेख नगरे पनि रिमालको संकेत बुझ्नेका लागि काफी छ । उनले सरकारविरुद्ध बोल्ने पार्टीभित्र र बाहिरकाहरुलाई एकमुष्ट रुपमा छौंडा भनेका हुन् ।

नेकपा नेतृ एवं सांसद रामकुमारी झाँक्रीले रिमालको ट्विटलाई सत्ता उन्मादको संज्ञा दिएकी छन् । झाँक्रीले रिमाललाई मेन्सन गरी राज्यसत्ताको केन्द्रमा रहेको व्यक्तिका रुपमा रिमालको ट्विट उत्कृष्ठ भन्दै व्यंग्य गरेकी छन् । ट्विटलाई उनले समाजिक चरित्रको ऐना बताएकी छन् ।

झाँक्रीले रिमालको ट्विटले सत्ता कसरी कता जाँदैछ भन्ने अनुमान लगाउन लोकलाई गाह्रो नपर्ने बताएकी छन् । आफैले धेरै पहिला  The Emperor’s New clothes नामको लोककथा पढेको स्मरण गर्दै झाँक्रीले सत्ता र उन्माद कस्तो हुन्छ भनेर सम्झिएको उल्लेख गरेकी छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया