राखेपको नयाँ सदस्य सचिवमा रमेश सिलवाल

७ बर्ष अगाडि

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवको रुपमा रमेश सिलवालले जिम्मेवारी पाएका छन् । 
केशव बिष्टको चारबर्षे कार्यकाल असार नौ गते सकिएपछि सरकारले सिलवाललाई  खेलकुदको कार्यकारी पदको जिम्मेवारी दिएको हो । सिलवालको आजै सदस्य सचिवको शपथ ग्रहण गर्ने बताइएको छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले नयाँ सदस्य सचिवको रुपमा सिलवाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने तयारी गरेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया