काठमाडौँ – सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी भए नभएको जाँच नगरीकनै आयात गर्ने निर्णय गरेको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेविसंघ सडकमा आएको छ ।
नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्ले नेता सुशील भट्टलगायतको अगुवाइमा राजधानीमा प्रदर्शन गरिएको हो । प्रदर्शनमार्गस्थित बाल्मिकी क्याम्पसबाट सुरु भएको विरोध र्याली पुतली सडकमा पुगेर समापन भएको थियो ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका सुशील भट्टले सरकारले भारतीय विषालु तरकारी तथा फलफूल बिना जाँच नेपाल आयात गर्न दिएर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको आरोप लगाए ।
प्रतिक्रिया