म्यानमार – गैरआवासीय नेपाली संघको सातौं एसिया प्रशान्त क्षेत्रीय बैठक तथा दोस्रो महिला बैठकको म्यानमारको यान्गोनमा आज सम्पन्न भएको छ ।
नेपालको समृध्दिका लागि गैरआवासीय नेपालीहरुको भूमिका विषयमा केन्द्रित रहने बैठकमा म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री चो टिम, नेपालका पूर्व परराष्ट्र मन्त्री डा प्रकाश शरण महत, संघीय संसदका माननीय सदस्य डा सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदुत तथा संघका संस्थापक महासचिव भीम उदास, संघका अध्यक्ष भवन भट्ट र संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा उपेन्द्र महतो लगाएतको उपस्थिती रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै म्यानमारका मन्त्री टिनले म्यानमार र नेपाल विकासको चरणमा प्रवेश गर्दै गरेका मुलक भएकाले मिलेर काम गर्न सक्ने प्रशस्त सम्भावना रहेको बताउनु भयो । नेपालले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन म्यानमार सरकारको तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाउँदै म्यानमारका जनता पनि विदेश जाने क्रम बढ्दै गरेको अवस्थामा गैरआवासीय नेपालीहरुको अभियानबाट धेरै कुरा सिक्न सकिने धारणा राख्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा प्रकाश शरण महतले हामीले विदेशमा रहेका नेपाली वा नेपाली मुलका नेपालीहरुलाई नेपालमा अधिकतम अधिकार सहित नेपालसँगको सम्बन्धलाई जोडी राख्नु जरुरी भएको र त्यसले नेपाललाई नै फाइदा हुने हो भन्ने धारणा राखे ।
उक्त कार्यक्रममा म्यानमारका लागि नेपाली राजदुत भीम उदास , नेपाली भाषा कला संस्कृतिसंघका अध्यक्ष भवन भट्ट , संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा उपेन्द्र महतो , संघीय संसदका सदस्य डा सूर्य पाठक लगायतले मन्तब्य राखेका थिए ।
हिजोबाट सुरुभएको क्षेत्रीय बैठक आज समापन हुने छ ।
प्रतिक्रिया