नयाँदिल्ली – भारतमा आज बजेट प्रस्तुत भएलगत्तै भारतीय कांग्रेस पार्टीले बजेटमाथि टिप्पणी गरेको छ ।
कांग्रेसले मोदी सरकारले ल्याएको बजेट नयाँ बोतलमा पुरानो रक्सी मिसाएको जस्तै भएको दावी गरेका छन् ।
लोकसभामा कांग्रेस पार्टीका नेता रंजन चौधरीले संसद भवनमा संच्चारकर्मीसँग कुराकानी गर्दे यस्तो बताएका हुन् । पत्रकारहरुसँग कुराकानी गर्दे उनले भनेका छन्, यसमा केही नयाँ छैन, पुरानो कुरालाई नै पुन दोहो¥र्याईएको छ । बजेट नयाँ बोतलमा पुरानो रक्सी मिसाएको जस्तै छ । उहाँहरु नयाँ भारतको कुरा गर्नुहुन्छ,जब केही नयाँ पहल छैन कसरी नयाँ हुन्छ ।
हालै चुनाव जितेर दोस्रो कार्यकाल सम्हालेको नरेन्द्र मोदी नेतृत्वको सरकारको शुक्रबार पहिलो बजेट प्रस्तुत गरेको छ । भारतकी प्रथम महिला अर्थमन्त्री निर्मला सीतारमणले बजेट पेस गरेकी हुन् ।
प्रतिक्रिया