काठमाडौँ – मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था सूचीकृत भएका छन् ।
वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न २ सय ९० वटा स्वास्थ्य संस्थाको आवेदन पेश गरेका थिए । ती मध्ये मापदण्ड पूरा गरेका ९९ स्वास्थ्य संस्था सूचीकृत भएका हुन् ।
श्रम रोजगार तथा सामाजिक मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै बाँकी १ सय ३८ वटा स्वास्थ्य संस्थाले मापदण्ड पूरा नगरेको कारण स्वास्थ्य परिक्षणको लागि मान्य नहुने जानकारी दिएको छ ।
प्रतिक्रिया