बाबुराम,विप्लव,मोहन बैद्य लगाएतका नेतालाई पुरानै घरमा फर्किन अध्यक्ष प्रचण्डको आग्रह

७ बर्ष अगाडि

काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई,चित्रबहादुर केसी,नेत्र विक्रम चन्द विप्लव,मोहन बैद्य लगाएतका नेतालाई पुरानै घरमा फर्किन आग्रह गरेका छन् । 

पार्टी कार्यालयमा आज तत्कालीन नयाँशक्ति पार्टीका कार्यकर्तालाई स्वागत गर्दे प्रचण्डले बाबुराम भट्टराई,चित्रबहादुर केसी,नेत्र विक्रम चन्द विप्लव,मोहन बैद्य लगाएतका नेतालाई पुरानै घरमा फर्किन आग्रह गरेका हुन् । 

प्रचण्डले भने, पुराना पिढीका नेतालाई मनाउन सकिएन। ‘पुरानो पिँढीका केही नेताहरुलाई कसरी सम्झाउने चिन्ता लाग्छ’, उनले भने, ‘मोहन विक्रम सिंह र चित्रबहादुर केसीलाई कसरी सम्मान गर्ने, के सम्मान गर्ने ? यो राष्ट्रको स्वतन्त्रता र स्वाधनीनताका लागि उहाँहरुलाई के गर्दा सम्मान हुन्छ ? त्यसमा हामी कुनै कञ्जुस्याइँ गर्दैनौँ।’

स्वागत कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी प्रवेश गरेका कार्यकर्तालाई आफ्नो पहिलेको घर छाडेर गएको भएतापनि पुन आफ्नै घरमा आएको भन्दै प्रसंसा गरे । उनले भने आज आउनु भएको धेरैजसो साथीहरुलाई म चिन्छु, उहाँहरु मध्ये धेरै जसो सफल नेता कार्यकर्ता मध्येका हुनुहुन्छ । 

उनले थपे नयाँ केही हुन्छ भन्ठान्नुभयो केही समय तर अहिले झल्यास्स हुनुभएको छ । मैले त सधै भन्ने गरेको छु, उहाँहरु आउदा चै याँ घरमै बसीराखेका भन्दा बिहान निक्लेर हिडेका छोराछोरीको बढी माया लाग्छ मलाई तेस्तै भइरहेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया