घरमै बसीराखेका भन्दा बिहान निक्लेर हिडेका छोराछोरी फर्किदा धेरै खुसी हुन्छ : अध्यक्ष प्रचण्ड

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गरेका नवप्रवेशी कार्यकर्तालाई पुन पुरानो घरमा आएको भन्दै प्रसंसा गरेका छन् । 

पार्टी कार्यलयमा नयाँ शक्ति, वैध्य र विप्लव समुहका दर्जनौं नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

स्वागत कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी प्रवेश गरेका कार्यकर्तालाई आफ्नो पहिलेको घर छाडेर गएको भएतापनि पुन आफ्नै घरमा आएको भन्दै प्रसंसा गरे । 
उनले भने आज आउनु भएको धेरैजसो साथीहरुलाई म चिन्छु, उहाँहरु मध्ये धेरै जसो सफल नेता कार्यकर्ता मध्येका हुनुहुन्छ । 

उनले थपे नयाँ केही हुन्छ भन्ठान्नुभयो केही समय तर अहिले झल्यास्स हुनुभएको छ । मैले त सधै भन्ने गरेको छु, उहाँहरु आउदा चै याँ घरमै बसीराखेका भन्दा बिहान निक्लेर हिडेका फर्केर आएका छोराछोरीको बढी माया लाग्छ मलाई तेस्तै भइरहेको छ । 

उनले नवप्रवेशीलाई प्रवेश गराउदै विप्लव,मोहन बैध्य लगाएत अन्य कार्यकर्तालाई समेत पार्टीमा आउन आग्रह गरेका थिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया