काठमाडौं – संयुक्त राष्ट्र संघ अन्तर्गतको (यूएनसीडीएफ) र (यूएनईस्क्याप) ले आयोजना गरेको फिनटेक इनोभेशन फन्ड नेपाली स्टार्टअप कम्पनी खल्तीले जितेको छ ।
खल्तीसँगै एशिया र प्रशान्त क्षेत्रका १० ओटा उद्यमहरू उक्त इन्नोभेशन फन्डमा विजयी भएका छन् । उक्त फन्ड जितेपछि खल्तीले महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमको व्यवसाय वृद्धि र बजार विस्तारका लागि सहयोग कार्यक्रम ल्याउने भएको छ ।
खल्तीले यसका लागि ३ हजार ५०० महिला आबद्ध भएको सञ्जाल सार्क बिजनेश एशोसिएशन अफ होम बेस्ड वर्कर्स ९सबह० नेपालसँग सहकार्य गर्ने बताएको छ ।
प्रतिक्रिया