मन्त्री बास्कोटाको चेतावनी: विप्लवले लुटपाट र आतंक जारी राखे क्षति व्यहोर्नु पर्छ

७ बर्ष अगाडि

काठमाडौँ – सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विप्लव समुहसँग वार्ता गर्न खोजे पनि उसले नचाहेको बताएका छन् । 

मन्त्री बास्कोटाले विप्लव समुहको गतिविधिको आलोचना गर्दै उनले लुटपाट र आतंक जारी राखे क्षति व्यहोर्ने चेतावनी दिए । आज मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले विप्लवले समातेको बाटोबाट कही नपुगिने स्पष्ट पारे ।  

पेरुका गोञ्जालोको उदाहरण दिँदै मन्त्री बास्कोटाले अतिवाद कसरी सकिन्छ भन्ने कुरा आफूहरुले विगतमा देखेको बताए । विप्लव समूहको गतिविधिबाट दक्षिणपन्थीलाई मात्र फाइदा पुग्ने उनको भनाइ थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया