सार्वजनिक विद्यालयका कर्मचारीलाई पोसाक भत्ता दिइने

७ बर्ष अगाडि

काठमाडौँ — सरकारले चालू आर्थिक वर्षदेखि विद्यालयका कर्मचारीहरूलाई पोसाक भत्ता उपलब्ध गराउने भएको छ । 

मन्त्रिपरिषद् बैठकले अन्य कर्मचारी र शिक्षक सरह सार्वजनिक विद्यालयका प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीहरुलाई पोसाक भत्ता उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।

मुलुकभर बाल विकास सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीहरूको संख्या ६४ हजारको हारहारीमा छ । उनीहरूलाई एक मुष्ठ रूपमा वार्षिक १० हजार रुपैयाँ पोसाक भत्ता बापत दिइने मन्त्री बाँस्कोटाले बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया