नयाँदिल्ली – कांग्रेस आईको अध्यक्ष पदबाट राजिनामा दिए लगत्तै राहुल गान्धीले आफ्नो ट्वीटर ‘प्रोफाइलमा शंसोधन गरी भारतीय राष्ट्रिय कांग्रेस सदस्य मात्र लेखेका छन् ।
उनको राजिनामा भने स्वीकृत भइसकेको छैन । कतिपय नेताले उनलाई पार्टी अध्यक्षको जिम्मेबारी नछाड्न आग्रह गर्दै आएका छन् ।
हालै भएको लोकसभा निर्वाचनमा कांग्रेसले अधिकांश ठाउँमा पराजय व्यहोरेपछि उनले अध्यक्षबाट राजिनामाको घोषणा गरेका थिए ।
राजिनामा दिए लगत्तै ट्वीटर अकाउन्टबाट पार्टी अध्यक्ष भन्ने शब्द हटाइसकेकाले अध्यक्षका रुपमा पुनः उनी फर्किने सम्भावना कम रहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया