नक्कली लाईसेन्स बनाउने गिरोह प्रहरीको फन्दामा

७ बर्ष अगाडि

काठमाडौँ – स्मार्ट लाइसेन्स बनाइदिन्छु भन्दै नक्कली लाईसेन्स दिने गिरोहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विगत केही समयदेखि उपत्यका भित्र यातायात ब्यबस्था कार्यालबाट स्मार्ट लाईसेन्स बनाइदिन्छु भन्दै ठगी गरेको सुचना पाएपछी प्रहरीले उक्त गिरोहलाई पक्राउ गरेको हो । 

सरकारी कागजात दस्तखत किर्ते गरी संगठित रुपमा नक्कली लाईसेन्स तयार तथा बिक्रीबितरण गरिरहेको भन्ने सुचना पाएपछी महानगरीय अपराध महाशाखा तथा महानगरीय ट्राफिक प्रहरी महाशाखा समेतको संयुक्त टोलिले ती गिरोहलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा निम्न व्यक्तिहरु रेहेका छन् । 
१. नाम  :-  मुनाल कुमार मोक्तान                                       
    उमेर   :-  ४० वर्ष     
  ठेगाना :- जि. रामेछाप रामेछाप न.पा. वडा नं ५
 हाल :–  जि. ललितपुर धोबीघाट


२. नाम  :-  राजेश कुमार श्रेष्ठ
   उमेर   :- ३८ वर्ष     
  ठेगाना :- जि. सिन्धुपाल्चोक सानो सिरुबारी गा.पा. वडा नं २ 
  हाल :– जि. काठमाण्डौं का.म.न.पा. वडा नं  ७ चाबहिल


३. नाम  :-  राधेश्याम नगरकोटी
  उमेर   :-  ३८ वर्ष     
  ठेगाना :- जि. काठमाण्डौं का.म.न.पा. वडा नं  ८  तिलगंगा
 

४. नाम  :-  रुपेन्द्र दर्जी
  उमेर   :-  २७ वर्ष     
  ठेगाना :- जि. काठमाण्डौं कागेश्वरी मनहरा न.पा. वडा नं  १ 

बरामद सामानहरु:-
१)  यातायत ब्यबस्था बिभागको नगदी रसिद ६० थान ।
२)  कम्प्युटर १ सेट ।
३) प्रिन्टर थान १ ।
४) अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प थान २
५) तोसिबा कम्पनीको ३२ जि.बि. को पेन ड्राईभ थान १ ।
६) पि.भी. सि. पेपर ३० थान ।
७) camel लेखिएको स्टयाम्प थान १ ।
८) काउन्सुलर अफिस लेखिएको छाप थान १ 
९) यातायत ब्यबस्था कार्यालयको अंग्रेजी छाप थान १ ।
१०) बिभिन्न ब्यक्तीहरुको नागरिकताको प्रतिलिपी ।

७ बर्ष अगाडि

प्रतिक्रिया