किन पक्राउ परे कैलालीका व्यापारी ? यस्तो छ कारण

७ बर्ष अगाडि

काठमाडौं –  कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक देवकोटासहित तीन जनालाई बुधधबार प्रहरीले पक्राउ ग¥र्याे ।

केही दिनअघि अत्तरियामा गोदावरी नगरपालिकाको नगरसभा सञ्चालन भइरहेको अवस्थामा अवरोध पुर्याएको आरोपमा सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मुद्दा लगाइएको विषयमा सत्यतथ्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनबाटै उनीहरु परेका हुन् । पक्राउ पर्नेमा संघका सदस्य विपीनकुमार साउद र व्यापारी दिनेश विष्ट पनि छन् ।

नगरसभामा अवरोध गरेको आरोपमा नगरपालिकाको कार्यालयले अध्यक्ष देवकोटासहित सचिव शङ्कर खड्का, सदस्य साउद, रवीन्द्र खनाल, व्यापारीहरु राजेन्द्र बोगटी, केशव न्यौन्याल, विष्ट र मोहन पाठकविरुद्ध मुद्दा दर्ता गरेको थियो । गोदावरी नगरपालिकाको नगरसभामा व्यापारीले आफ्नो कुरा राख्न पाउनुपर्ने भन्दै विरोध गरेका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया