काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले देशभर नै लोडसेडिङ अन्त्य गरेको ३ वर्ष पूरा हुन लाग्यो । देशभर कहि कतै पनि लोडसेडिङ नभएको प्राधिकरणले दावी गरिरहदा कञ्चनपुर अर्थात् सुदूरपश्चिम प्रदेशमा भने चरम लोडसेडिङ भइरहेको छ ।
नेपाल बिद्युत प्राधिकरणले देश भरबाट लोडसेडिङ अन्त्य भएको बताईरहंदा महेन्द्रनगर वितरण केन्द्रले भने लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । यसले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्दै आएको लोडसेडिङको अन्त्य समेत केवल गफ मात्रै रहेको पुस्टि हुने महेन्द्रनगरबासीले जनाएका छन् ।
उक्त वितरण केन्द्रले असार १७ गतेदेखि अर्को ब्यबस्था लागु नहुन्जेलस्ममको लागि भन्दै दैनिक ३ पटकसम्म लोडसेडिङ हुने तालिका निकालेको हो । केन्द्रले ९ वटा फिडर अन्तर्गत दैनिक ६ घण्टासम्म लोडसेडिङ हुने जनाएको हो । लालपुर सबस्टेशनमा जडान भएको पावर ट्रान्सफरमा ओभरलोड भएकोले लोडसेडिङ गर्नु परेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया