राहुल गान्धीले राजीनामा दिएपछि के भनिन् प्रियंकाले ?

७ बर्ष अगाडि

नयाँदिल्ली – २०१९ को लोकसभा चुनावमा भारतीय कांग्रेस पार्टीले नराम्रो सँग हार भोग्नुप¥र्यो । हारको जिम्मेवारी लिदै अध्यक्ष राहुल गान्धीले राजीनामा समेत दिईसकेका छन् । 

अध्यक्ष पदबाट राहुल गान्धीले राजीनामा दिएपछि प्रियंका गान्धीले मुख खोलेकी छिन् । उनले राहुलको प्रंसंसा गर्दे भनेकी छिन्, तपाईले जे गर्नुभयो त्यसको हिम्मत एकदमै कम मानिसमा हुन्छ । म तपाईको फैसलालाई सम्मान गर्दछु । 

केही महिना अघि नै राहुलले पार्टीबाट राजीनामा दिने घोषणा गरेका थिए ।  राहुल गान्धीले हिजो मात्र पुन त्यहि कुरालाई दोहोर्र्याउदै पुर्णरुपमा राजीनामा दिएका छन् । 

राहुल गान्धीले एउटा पत्र लेख्दै राजीनामा दिएका थिए । उनले पत्रमा लेखेका थिए,पार्टीको सेवा गर्नु मेरो लागि सम्मानको कुरा हो । जसको मुल्य र विचारले जीवनशक्तिको रुपमा हाम्रो सुन्दर देशको सेवा गरेका छ । २०१८ को लोकसभा चुनावमा हारको सामना गर्नुपर्याे । अध्यक्षको नाताले हारको लागी म जिम्मेवार हु । मैले भविष्यको लागी एक कदम उठाएको छु  । पार्टीले नयाँ अध्यक्षको लागी एक समुह गठन गरोस उनले भनेका छन् । 

अहिले भारतमा कांग्रेस पार्टीको अध्यक्ष को बन्ने भन्ने विषयमा बहस शुरु भएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया