हराएका विप्लव एक कार्यकर्ता सम्पर्कमा आए, दुईजना अझै बेपत्ता

७ बर्ष अगाडि


काठमाडौँ – संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा भएको गोली हानाहानपछी हराएका विप्लव नेतृत्वको नेकपाका तीनजना कार्यकर्ता मध्य एक जना सम्पर्कम आएका छन् । 

प्रहरीसँग भएको गोली हानाहानपछि बेपत्ता भएका आफ्ना तीनजना कार्यकर्तमध्ये एकजना पार्टीको सम्पर्कमा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पुष्टि गरेको छ। 

प्रहरीसँगको गोली हानाहानपछि सिलिचोङबाटै नेकपाका तीनजना कार्यकर्ता बेपत्ता भएका थिए। 

नेकपाले निकालेको प्रेस वक्तव्यमा भनिएको छ, आषाढ १६ गते संखुवासभा तिलिचुङ गाउँपालिका–१ बाट हालसम्म तीनजना कार्यकर्ताहरू सम्पर्कबिहिन भएकोमा एकजना सम्पर्कमा आएको र दुईजना अझै सम्पर्कमा छैनन्।’ 

७ बर्ष अगाडि

प्रतिक्रिया