सिरहा – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश २ को सिरहामा विवाद चुलिएको छ । जिल्ला कमिटी गठिनको सुची सार्वजनिक भए पछि नेताहरु सार्वजनिक रुपमा विरोध गर्न थालेका छन् । सिरहा जिल्लाको मिर्चैयामा नेकपा नेताहरुले पत्रकार सम्मेलनगरि प्रदेश कमिटीप्रति आक्रोश बेग्त गरेका छन ।
प्रदेश २ कमिटीले असार ११ गते सिरहा जिल्ला कमिटीको नामावली सार्वजनिक गरेका थिए । तर त्यो कमिटीप्रति नेताहरुले व्यापक असन्तुष्टि जनाएका छन् । प्रदेश २ कमिटीले सार्वजनिक गरेको नामावलीमा आफन्त र नातेदारहरुलाई नातेदार भाइभतिज र नतागोताके लाई मात्र जिल्ला कमिटिमा नाम दिएको नेकपाका प्रदेश सभाषद जगत यादबको आरोप लगाइएको छ ।
एता केन्द्रिय सदस्य समेत रहेका महेन्द्र पासवानले प्रदेश कमिटीले एकलौटि ढंगबाट जिल्ला कमिटी सदस्यहरुको चयन गरेर जुझारु क्याडरहरुलाई पाखा लगाउने काम गरेको आरोप लगाए ।‘ सक्रिय, इमान्दार, जनयुद्धका लडाकुहरुलाई पाखा लगाइएको छ,’ पासवानले भने, आफन्त, नातागोताका व्यतिलाई कमिटीमा समावेश गरिएको छ ।
सिरहा जिल्ला कमिटी सदस्यमा तत्कालीन नेकपा एमालेबाट ७५ र माओवादी केन्द्रबाट ७५ जना सदस्य चयन गर्ने सहमति भएको थियो । अर्का केन्द्रिय सदस्य जगत यादवले सहमति भएका नामहरु मध्ये ३० जनाको नामलाई हटाएर आफन्त र नातेदारहरुलाई समावेश गरिएको आरोप लगाए ।
पासवानका अनुसार प्रदेश २ को ६ जिल्लामा प्रदेश कमिटीले मनपरी ढंगले जिल्ला कमिटी गठन गरेको छ । ‘पुराना कार्यकर्ताहरुलाई पाखा लगाएर पार्टीमा वर्चस्व कायम गर्न खोजिएको छ ’उनले भने, यस्ता कृयाकलापलाई हामी स्वीकार गर्दैनौ ।नेकपाका नेताहरुको संयुक्त हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ, प्रदेश कमिटीको निर्णयलाई तत्काल सच्चयाउन हामी जोडदार माग गर्दछौ ।
‘प्रदेश समितिले जबरजस्ती उक्त निर्णय कार्यान्वयन गर्न खोजे हामी त्यसको प्रतिवाद र प्रतिरोध गर्न बाध्य हुनेछौ,’ विज्ञप्तिमा भनिएको छ, ‘नातागोता र आसेपासेलाई प्राथमिकता दिई बनाइएको कमिटीले पार्टीलाई नै विघटन गर्नेछ ।’
प्रतिक्रिया