पत्रुकारले झलनाथ खनाललाई रतन्धो लागेको छ,राती हिड्न सक्दैन भनेर लेखेछ

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले सामाजिक संज्जाल सहि तरिकाबाट नचलेको बताएका छन् । खनालले कतिपय ठाउमा सामाजिक संज्जाल राम्रो ढङ्गले नचलेको बताए । 

बुधबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै खनालले सामाजिक संज्जाल गलत तरिकाले चलेको बताए । 

उनले सोध्दै नसोधी आफुलाई लाग्दै नलागेको रोगको बारेमा लेखेको बताए । उनले भने झलनाथ खनाल रतन्धो रोगी छ, र त्यो चै बेलुका देख्न सक्दैन,राती हिड्न सक्दैन भनेर सामाजिक संज्जालमा लेख्यो ,। एउटा पत्रकार भन्ने हो कि पत्रुकार भन्नेले लेख्यो । उसले मलाई कहिल्यै पनि सोधेको थिएन । मेरो बारेमा उसलाई जानकारी पनि छैन । तर उसले लेख्यो । 

उनले थपे म त्यस्तो खाले रोगी होइन । मलाई त्यस्तो कुनै रोग छैन । मलाई त्यस्तो खालको कुनै सम्भावना पनि छैन । तर यसरी लेख्छन् । 

पत्रकारितामा स्वतन्त्रता आवश्‍यक रहे पनि मर्यादित बनाउनु पर्ने उनको भनाइ छ । उनले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न सरकारले ल्याएको विधेयक अहिलेको परिस्थितिको उपज भएको बताएका छन्। कतिपय विषयहरू सरल गराउन आवश्‍यक रहेपनि अहिलेको अवस्थालाई प्रतिनिधित्व गरेर विधयेक आएको उनको दाबी छ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया