आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

७ बर्ष अगाडि

काठमाण्डौ – महानगरीय प्रहरी वृत्त कालीमाटीले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्नेलाई  नियन्त्रणमा लिएको छ ।
काठमाण्डौ महानगरपालिका १४ स्युचाटारमा खटिएको प्रहरीले  बा ८६ प ८०८७ नम्बरको स्कुटी चालक जिल्ला पाल्पा तानसेन नगरपालिका १४ घर भई काठमाण्डौ बनस्थली बस्ने वर्ष ४२ को श्रीधर न्यौपानेलाई पक्राउ गरेको हो । 
यही असार १७ गते ९:३० बजे स्युचाटारमा  चेकजाँच गर्दा स्कुटर कागजपत्र नभएकोले कारबाही गर्न खोज्दा श्रीधरले प्रहरीलाई नगद ५ सय रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । निजलाई नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।

साथै महानगरीय प्रहरी वृत्त  लैनचौरबाट काठमाण्डौ महानगरपालिका १७ क्षेत्रपाटीमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने से ६ प ४०६ नम्बरको मोटरसाईकल चालक कैलाली टिकापुर १ घर भई काठमाण्डौ बानेश्वर बस्ने वर्ष २६ को वेद बहादुर कठायतलाई पक्राउ गरेको छ । यही असार १७ गते ११:०० बजे चेकजाँचको क्रममा निजले मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएकोले कारबाही गर्न खोज्दा नगद १४० रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । निजलाई नगद सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया