काठमाडौं – विभिन्न ब्राण्डका ३ सय ६१ वटा सवारीसाधनहरु जनकपुर भन्सार कार्यालयले लिलामी गर्ने भएको छ । बिक्री गर्ने सवारीसाधनहरुमा मोटरसाइकल धेरै मात्रामा छन् भने कार, जीप, बोलेरो जीप लगाएतका छन् ।
बुधबार भन्सार कार्यालय सुचना निकाल्दै तीन सय ६१ आइटमहरु लिलामीमा बिक्री गर्ने गरि इच्छुक नेपाली नागरिक तथा फर्महरुबाट गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
दुई खण्डमा प्रकाशित भएको सूचनामा पहिलो खण्डमा १ सय ८१ आइटम तथा दोस्रो खण्डमा १ सय ८० आइटम राखिएको छ भने इच्छुक नेपालीहरुले सूचना प्रकाशित भएको २१ दिन भित्र गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया