काठमाडौँ – साहायक देखि उच्च तहसम्मको लागि ठुलो संख्यामा तीनवटा बाणिज्य बैंकहरूले कर्मचारी माग गरेका छन ।
बाणिज्य बैंकहरु सेञ्चुरी कमर्सियल बैंक जनता बैंक र हिमालयन बैंकले एकैसाथ ठूलो संख्यामा कर्मचारी माग गरेका हुन ।जसमा जनता बैंकले २ सय जना, सेञ्चुरी बैंकले १ सय ६९ जना र हिमालयन बैंकले ८६ जना गरी कुल ४ सय ५५ जना कर्मचारी माग गरेका छन ।
हिमालयन बैंक र सेञ्चुरी बैंकमा रोजगारीका लागि इच्छुक उम्मेदवारहरूले साउन १ गतेसम्म आवेदन दिन सकिने र जनता बैंकका लागी साउन ११ गतेसम्म आवेदन गर्न सकिने छ ।
प्रतिक्रिया