काठमाडौँ – मृगौला पीडित निर्मल फियाक लिम्वूको थप उपचारको लागी कोरियाबाट सहयोग प्राप्त भएको छ ।
दुवै मृगौला खराव भएका झापा कमल गाँउपालीका ३ केर्खाका ३० बर्षिय निर्मललाई कोरियामा संकलीत रकम एक कार्यक्रमकाबीच काठमाण्डौंमा हस्तान्तरण गरिएको छ ।
निर्मलको उपचारका लागी सहयोग पुराउन कोरियावाट फियाक सायङ सङजुम्भोका ४६ नेपालीले १ लाख १२ हजार रुपैयाँ संकलन गरि पठाएका थिए । उक्त रकम सङजुम्भोका संयोजक डम्वर सुव्वाले मंगलवार पीडितलाई हस्तानतरण गरेका छन् ।
गत माघमा झापाको कन्काई अस्पतालमा परिक्षण गर्दा मृगौलामा समस्या देखिएपछि थप उपचारका लागी काठमाण्डौ आएका निर्मल हाल सुमेर अस्पतालमा उपचार गर्दै आएका छन् ।
आर्थिक अवस्था कमजोर रहेका उनले आफूलाई बचाईदिन आग्रह गरेपछी अभियान चलेको हो । नियमीत जस्तो उपचार गराँउन पर्ने भएका कारण आफूसंग भएको १२ लाख सकिएको र मृगौला प्रत्यारोपण गर्न आवश्यक रकमको अभाव भएको उनकोको गुनासो छ । उनको उपचारको लागी निर्मल बचाउ अभियानले राजधानीमा केङसला नामक लिम्बू चलचीत्रको प्रर्दशन मार्फत उठेको १ लाख रुपैयाँ समेत पीडितलाई हस्तान्तरण गरिसकेको अभियानका अध्यक्ष सलमान थलुङले बताए ।
पीडित निर्मललाई उनकी आमाले मृगौला दिने भएको हुँदा प्रत्यारोपणको लागी आवश्यक रकम सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।
हाल ललितपुरको धापाखेलको सुमेरु अस्पतालमा मृगौला उपचार गराईरहेका उनलाई युकेबाट समेत सहयोग आएको छ ।
युकेमा रहेका ताप्लेजुङ फुङलीङ ३ सिम्लेका राजु बरालले बीस हजार नेपाली रुपैयाँ पठाएका थिए ।
उक्त कार्यक्रममा पीडित निर्मलका भिनाजु मोहन थेवेले आर्थिक अवस्था कमजोर रहेको निर्मलको उपचारकोलागी भएको ६ धुर जग्गा समेत विक्रिको तयारीमा रहेको बताए ।
प्रतिक्रिया