काठमाडौँ – नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले आवेदन दिएका छन । संचार तथा सूचना प्रविधि मन्त्रालयले जेठ २७ गते सूचना जारी गरेपछि १२ जनाले आवेदन दिएको मन्त्रालयले जनाएको छ ।
प्राधिकरणको अध्यक्षमा कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनाल, बुद्धिप्रसाद आचार्य, सुरेशकुमार कार्की, प्रकाश बराल, डिल्लीप्रसाद चौधरी, मधुसुदन कर्माचार्य, गोविन्दप्रसाद दाहाल, डा.नन्दबिक्रम अधिकारी, रोहित रौनियार, दीपकराज जोशी, अनिलकुमार झा र देव नारायण यादवले आवेदन दिएका हुन् ।
अध्यक्ष छनोट गर्न मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । समितिमा विज्ञ सदस्यको रुपमा उमाकान्त पराजुली र मन्त्रालयका सहसचिव राधिका अर्याल सदस्य छन् । समितिले ३ हप्ताभित्र उम्मेदवारले पेश गरेको कार्ययोजना, प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा उत्कृष्ट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने अख्तियारी दिइएको छ ।
आवेदन दिनेहरुमा नेपाल टेलिकम, रेडियो नेपाल, नागरिक उड्ययन प्राधिकरण लगायत संस्थामा विगमात नै असफल भएका र हाल समेत पदमा रही कुनै काम गर्न नसकेका, केवल पद र प्रतिष्ठाका लागि दौडिएका थाकेका व्यक्ति नै अग्रपंक्तिमा देखिएका छन् । देवनारायण यादव, मधुसुदन कर्माचार्य नेपाल टेलिकमका पुर्व डेपुटी म्यानेजिङ डाइरेक्टर हुन्। अनिलकुमार झा जनक शिक्षा सामाग्री केन्द्र र उदयपुर सिमेन्टका महाप्रवन्धक बनिसकेका छन् । दुवै निकायमा चरम भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कारवाही गरिसकेको छ ।
रोहित रौनियार एनसेलका अवकाशप्राप्त कमचारी हुन् । दीपकराज जोशी नेपाली काङग्रेसका नेता गोविन्दराज जोशीका छोरा हुन । गोरखा जिल्लाका डा.नन्दबिक्रम अधिकारी त्रिभुवन विश्व विद्यालयमा पढाउने धन्दमा छन् । यस्तै महेन्द्रनगर सुनसरीका गोविन्दप्रसाद दाहाल नागरिक उडड्यन प्राधिकरणका ११ औं तहका कर्मचारी हुन् । भक्तपुरका सुरेशकुमार कार्की रेडियो नेपालका अध्यक्ष हुन् । बुद्धिप्रसाद आचार्य नेपाल टेलिकमका पूर्व महानिर्देशक हुन् । उनीहरु सम्पूर्ण रुपमा असफल व्यक्ति हुन् ।
तत्कालिन अध्यक्ष दिगम्बर झाले राजिनामा दिएपछि मन्त्रिपरिषदको निर्णय अनुसार खनाललाई ६ महिनाको लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो । खनाललाई दिएको समय सकिन लागेपछि सरकारले अध्यक्ष नियुक्ति प्रकृयालाई अघि बढाएको जनाएको छ । तर आवेदन परेका व्यक्तिको नाम र उनीहरुले विगतमा गरेको र हाल गरिरहेको निकायको काम मूल्यांकन गर्दा ती व्यक्ति कोही पनि प्राधिकरणका लागि योग्य व्यक्ति नभएको प्राधिकरणकै पूर्व अध्यक्षहरुको भनाइ छ ।
प्रतिक्रिया