नारायणकाजी श्रेष्ठले काँध फेरे : नेकपाको सचिवालयमा अध्यक्ष ओलीको बहुमत

७ बर्ष अगाडि

काठमाडौँ – अहिले नेकपाको सचिवालयमा  सदस्यहरुको भाउ निकै बढेको छ । नौ सदस्यीय नेकपाको सचिवालयमा अध्यक्ष केपी ओलीतिर को को रहने र अनि अर्का अध्यक्ष प्रचण्डतिर को को रहने भन्ने अंकगणितीय जोड घटाउ पनि भित्रभित्र भैरहेको स्रोत बताउछ।

नेकपाको सचिवालयमा अध्यक्षद्वय केपी ओली, पुष्प कमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, विष्णु पौडेल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ समेत नौ सदस्यीय   सचिवालयका सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले काँध फेरेको चर्चा सुरु भएको छ।

नारायणकाजी श्रेष्ठ पहिला केपी शर्मा ओली र पछि माधव नेपालतिर लहसिएका नारायणकाजी श्रेष्ठ फेरि केपी ओली निकट पुगेको बालुवाटार स्रोतले जनाएको छ ।‘केपी ओली जतिको राष्ट्रियताको पक्षमा दृढ अडान लिने अरु नेता देखिएन, म त अलि बीचमा भड्किएँ, अब ओलीको विरोधमा उभिनु भनेको राष्ट्रियताको विरोधमा उभिनु हो’ नारायणकाजीको भनाइलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

‘ऊर्जामन्त्री वर्षमान पुनले चिनियाँ राजदूतलाई बोलाएर झोंक ब्यक्त गरेर  सार्वजनिक रुपमा चीनको विरोध गर्न कसले उकास्यो ?, बाबुराम भट्टराईले वेमौसम र अप्रसंग भारतसँग बिप्पा सन्धि गर्नुपर्छ भन्नु र वर्षमान पुनले चीनको लगानीको विरोध गर्नुको मतलब भट्टराई र पुनको टाउको र नाइटो एकै ठाउँमा जोडिएको छ, यसमा प्रचण्ड र माधवकुमार नेपाल किन बोल्दैनन् ? प्रचण्डले त अझ वर्षमानलाई काखमा राखेर अगाडि बढाएका छन्, अनि कसरी राष्ट्रियता बच्छ ?’ प्रवक्ता श्रेष्ठको भनाइ उद्धृत गर्दै उनी निकट  स्रोतले भन्यो ।

 नारायणकाजी श्रेष्ठ समेत अध्यक्ष तथा प्रधानमन्त्री केपीको पक्षमा लागेपछि आन्तरिक राजनीतिमा केपी ओली धेरै नै बलिया भएका छन् ।  नौ सदस्यीय नेकपाको सचिवालयमा नारायणकाजी श्रेष्ठले  अध्यक्ष तथा प्रधानमन्त्री केपीको पक्षमा लागेर साथ दिएपछि सचिवालय अब केपीको पक्षमा पांचको स्पष्ट बहुमत हुने भएको छ । साघु साप्ताहिकमा खबर छ । 

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा  महासचिव विष्णु पौडेल,  ईश्वर पोखरेल, रामबहादुर थापा बादल नारायणकाजी श्रेष्ठ नेकपाको सचिवालय पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा भएपछि नेकपाको पार्टी राजनीतिले अब कस्तो रुप लिने हो भन्ने जिज्ञासा उत्पन्न  भएको छ । स्मरण रहोस् प्रधानमन्त्री निवास बालुवाटारमा  २०७६ असार ७ गते  अपराह्न बसेको केन्द्रीय सचिवालय बैठकमा नारायणकाजीको अनुपस्थितिलाई रहस्यमय मानिएको थियो।  

७ बर्ष अगाडि

प्रतिक्रिया