अस्ट्रेलियामा न्यूनतम तलब बढ्यो, कति पुग्यो ?

७ बर्ष अगाडि

काठमाडौं– अस्ट्रेलियाको सरकारले कामदारहरुलाई दिने न्यूनतम तलबमा वृद्धि गरेको छ । वृद्धि भएको तलबअनुसार अबदेखि अस्ट्रेलियामा फुल टाइम (साताको ३८ घण्टा) काम गर्ने जोकोहीले ७ सय ४०.८० (करीब ६० हजार रुपैयाँं पाउने भएका छन् । जुन गतवर्षको भन्दा ३ प्रतिशतले बढी हो । 
कामदारको हकहितमा क्रियाशील सरकारी निकाय फेयर अर्क कमिसनले जुलाइदेखि लागू हुने गरी न्यूनतम तलबमा वृद्धिको निर्णय गरेको हो । 
नयाँ तलबमानअनुसार अस्ट्रेलियामा काम गर्ने कामदारले प्रतिघण्टा १९.४९ डलर अर्का (करीब १५ सय ५०  रुपैयाँ पाउनेछन् । योसँगै सबैभन्दा बढी न्यूनतम तलब दिने देश अस्ट्रेलिया बनेको छ । 
आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।  

७ बर्ष अगाडि

प्रतिक्रिया