फरक घटना: मिलन चोकमा २ तोलाको सुनको सिक्री र रुकुममा ८ लाख ५० हजार नगद लुटपाट गरी फरार

७ बर्ष अगाडि

काठमाडौं – काठमाडौं, नागार्जुन नगरपालिका-३ मिलन चोक बस्ने ३६ वर्षीया निर्मला घिमिरेको साथबाट २ तोलाको सुनको सिक्री सोमबार दिउँसो लुटपाट भएको छ । 

नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले घिमिरेले घाँटीमा लगाएको उक्त सिक्री लुटी फरार भएको बताइएको छ ।  

त्यसैगरी रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-३ रन्मा बस्ने २९ वर्षीय बालाराम परियारको साथबाट नगद ८ लाख ५० हजार रुपैयाँ सोमबार दिउँसो लुटपाट भएको छ । 

रन्माबाट पिपलटुङतर्फ खच्चर लिएर जाने क्रममा सोही गाउँपालिका-५ स्थित जंगलमा नकावधारी ४ जनाको समूहले परियारलाई खुकुरी देखाई कुटपिट गर्नुका साथै उनको साथमा रहेको उक्त नगद लुटपाट गरी फरार भएको बताइएको छ । 

लुटपाटमा संलग्न फरार अभियुक्तहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया