गृहमन्त्री शाह र बीजेपी विधायकलाई ज्यान मार्ने धम्की,रेल्बे स्टेशन र सरकारी अस्पताल समेत उडाउने

७ बर्ष अगाडि

नयाँदिल्ली – भारतका गृहमन्त्री अमित शाह र बीजेपी विधायक लीला जैनलाई ज्यान मार्ने धम्की आएको छ । 

प्राप्त जानकारी अनुसार गृहमन्त्री शाह,बीजेपी विधायकलाई ज्यान मार्ने धक्की दिइएको भारतीय संच्चारमाध्यमले जनाएका छन् । विधायक जैनलाई पत्र मिलेको थियो जसमा गृहमन्त्री शाह,विधायकलाई ज्यान धम्की सहित स्थानीय बस पार्क,रेल्बे स्टेशन र सरकारी अस्पताललाई समेत उडाउने धम्की उक्त पत्रमा रहेको भारतीय संच्चारमाध्यमले जनाएका छन् । 

संचारमाध्यम एन डि टिभिका अनुसार यस्तो पत्र पाएपछी मुंबई पुलिसले ति इलाकामा कडा सुरक्षा दिएका छन् । उनिहरुले तत्काल कतै बम भेटिएको खण्डमा उद्धार गर्नका लागि बम निरोधक दस्तेलाई समेत बोलाएका छन् । 
यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ज्यान मार्ने धम्की आएको थियो । 

७ बर्ष अगाडि

प्रतिक्रिया